अब सानीभेरी नदीमा जलयात्रा गर्न सकिने

Featured राष्ट्रिय समाचार

रुकुमपूर्व, १५ फागुन (रासस)/ रुकुम पूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (र्‍याफटिङ) गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएको छ । मन्त्रालयका प्राविधिक विवेक शाहले सानीभेरी नदीमा जलयात्रा गर्न सकिने बताउनु भएको छ । यसका लागि परीक्षण गर्दा सफल भयो ।

यस वर्ष प्रदेशका विभिन्न नदीमा गरेका परीक्षणलाई केलाउँदा यो नै उत्कृष्ट परीक्षण हो । टोलीले भुमे गाउँपालिका–५ को सौरीखोलाबाट बालुवा, सिस्ने–६ को धाउने र ७ को नाथिगाड हुँदै सिस्नेरीसम्म र्‍याफ्टिङ परीक्षण गरेको थियो । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, गाउँपालिकाका इञ्जीनियर कर्ण केसी, प्रशासन प्रमुख अरुणकुमार ओली, होटल तथा पर्यटन व्यवसायी सुनिल रोका लगायतले परीक्षण जलयात्रामा सहभागी हुनुभएको थियो ।

सानीभेरी नदीको करिब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गरिएको थियो । यसअघि रोल्पाको माडीखोला, प्यूठानको माण्डबी नदी र दाङको राप्ती नदीमा जलयात्रा को परीक्षण गरिएको थियो । अहिलेसम्म गरिएका परीक्षणलाई हेर्दा पानीको सतह, बहने गति र भूगोलका दृष्टिकोणले सानीभेरी र्‍याफ्टिङको राम्रो सम्भावना बोकेको नदी भेटिएको प्राविधिकहरूले निष्कर्ष निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *