भरतपुर महानगरका ६ सय ९२ विद्यार्थीलाई छात्रवृत्ति

Featured राष्ट्रिय विद्यालय समाचार समाचार

चितवन, १६ फागुन (रासस)/ भरतपुर महानगरपालिकाले महानगरभित्रका ६ सय ९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका दरले रु २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २ सय ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले ती विद्यालयका २ सय ४० विद्यार्थीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । लोपोन्मुख तथा अति सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस् भन्ने उद्देश्यका साथ महानगरले पहिलोपटक नगद छात्रवृत्ति प्रदान गरेको हो ।

महानगरको कूल बजेटबाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो । विद्यालयको भैतिक पूर्वाधार विकास, पाठ्य सामग्रीको प्रवद्र्धनदेखि विद्यार्थीका लागि छात्रवृत्ति, दिवा खाजा कार्यक्रम, स्कुल बस वितरण, साइकल वितरण लगायत अरु धेरै भौतिक तथा आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।

आफूहरुले महानगरभित्रको शिक्षाको विकासमा सुरुका चरणदेखि नै विशेष अभियान थालेको र त्यसले विस्तारै पूर्णत पाउँदै गएको उपप्रमुख शाहले बताउनुभयो । छात्रवृत्ति वितरण गर्न बाँकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने रकम बैंक मार्फत् विद्यालयको खातामा पठाएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *