सिन्धुली, १८ फागुन / सिन्धुली जिल्लामा केही राजनीतिक दलले विद्यार्थीहरुलाई पार्टीकाे कार्यक्रमा संलग्न गराएको समाचार विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित भएपश्चात उक्त जिल्लाका बालबालिका र किशोरकिशोरी भेला भई उक्त कुराको विरोध गर्दै आउँदो स्थानीय तह, प्रादेशिक र संघीयस्तरको निर्वाचनमा बालबालिकाको प्रयोग विरुद्ध सिन्धुली घोषणापत्र २०७८ तयार पारेका छन् ।

उक्त जिल्लाका ६ पालिकाका बालक्लब, किशोरी समूह, परिवर्तनका संवाहक (सिओसी) समूहहरुले १२ बुँदे घोषणापत्र जारी गर्दै राजनीतिक दल, निर्वाचन कार्यालय र सञ्चारकर्मीहरु समक्ष ति निवार्चनमा बालबालिकाका मुद्दालाई प्राथमिकतामा राख्न र निर्वाचनको प्रचारप्रसारमा बालबालिका र विद्यालयको प्रयोग नगर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । प्लान इन्टरनेशनलको सहयोगमा जनजाति समाज विकास कार्यक्रमको सहयोगमा भएको उक्त भेलापश्चात आगामि चुनावमा बाल संरक्षणको मुद्दालाई जिल्लाभरी नै लैजाने योजना रहेको उनीहरुले बताएका छन् ।

स्राेत : प्लान इन्टरनेशनल नेपालकाे फेसबुक पेज #childprotection #childrights