भियतनाममा अहिले सम्मकै उच्च संक्रमण

अन्तर्राष्टिय समाचार

भियतनाममा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । भियतनामका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १८ हजार ७९० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा आठ हजार ४८९ ले बढी हो ।

देशभरिका ६२ ठाउँमा ती सङ्क्रमितहरू भेटिएका हुन् । ती मध्ये राजधानी हनोइमा मात्रै १८ हजार ६६१ जना भेटिएको मन्त्रालयले जनाएको छ । महामारीबाट सवैभन्दा बढी राजधानी हनोइ नै प्रभावित भएको छ । महामारीका कारण राजधानीमा रहेकाहरू त्रसित देखिएको र सतर्कता बढाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *