­­­­­­काठमाडौं उपत्यकामा कोभिड प्रतिबन्ध हट्यो

Uncategorized

काठमाडौँ, २१ फागुन/ कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजबाट हटाइएका छन् । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर – तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै आदेश जारी गर्दै यसअघिका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएका हुन् ।

पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दै गएकोले आजबाट पूर्ववत् राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न गराउन आदेशमा भनिएको छ । तर यसरी गतिविधिहरु सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भने आग्रह गरिएको छ ।

यसअघि सङ्क्रमणको कठिन समयमा पनि आदेशको पालना गरी सङ्क्रमण रोकथाममा सहयोग गरेको भन्दै तीनवटै जिल्लाका प्रशासन कार्यालयहरुले सबैलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *