सृष्टि हेर्न मानिसलाई दृष्टि चाहिने भए

अडियो / भिडियो किशोर साहित्य गीत साहित्य

गीत : उन्नती बोहरा ‘शीला’, चित्र : अर्पिता शाक्य

सृष्टि हेर्न मानिसलाई
दृष्टि चाहिने भए
जीवन जिउन मानिसलाई
दृष्टि चाहिने भए
कहाँ गई रुन्थ्यो होला
मनको संसार
कहाँ गई पोखिन्थे होला
संवेदनाको संसार ।

दृष्टिले नै गर्ने भए सब कुरा
चाहियो किन भावना र विचार
भौतिक संसार भन्दा ठूलो
अध्यात्मको उज्यालो संसार ।

दृष्टि भए के हुन्छ र ?
छैनन् जसका ज्ञान विवेक
आँखा चिम्लि ऋषिमुनिहरु
गर्थे किन ध्यान अनेक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *