- नारायण प्रसाद निरौला (नानि भारद्वज)
कान कोट्याउने कन्कर्नु त नङै काट्ने नैनी
आँगनमै छुनमुनाउँछे हाम्री सानी बैनी।
घिउ कोट्याउने पित्कौली त दूध उघाउने डाडु
फोहरमैला सफा गर्न लाऊ है नानी झाडु ।
दाउरा काट्ने बञ्चरो त कागज काट्ने कैंची
रुख चढ्यो बाँदर त आहाल बस्यो भैंसी ।
काँडो कोट्याउने सुइरो ढिंडो मस्काउँने दाबिलो
साँझ बिहान पाखामा कराउँदैछ हाप्सिलो।
हिमालमा हिउँपर्यो मधेसमा तुसारो
हाम्री सानी बैनीलाई हेयर्विनले कति सुहायो ।
२०७८ फाल्गुन २८, ललितपुर ।
मेरो रचना मन पराएर प्रकाशित गरिदिनुभएको मा केटाकेटी अनलाइनका सम्पूर्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।