अब अफगानिस्तानमा बालिका पनि विद्यालयमा जान पाउने

Featured अन्तर्राष्टिय समाचार

अफगानिस्तानमा तालिवान सरकारद्धारा छात्रालाई पनि विद्यालय जान दिने निर्णय/संयुक्त राष्ट्र संघ लगायत अन्य मानव अधिकारवादी संघ संगठनद्धरा स्वागत ।

अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । अफगानिस्तानमा तालिवान सत्तामा आएसँगै छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान रोक लगाइएको थियो । तालिवान सरकारको छात्रालाई प्रतिबन्ध लगाउने निर्णयको सर्वत्र आलोचना हुँदै थियो । उनीहरुले महिलालाई रोजगारीमा समेत प्रतिवन्ध लगाएका थिए ।

तालिवान सरकारको महिला विरोधी नीतिको सर्वत्र आलोचना भएपछि उनीहरुले निर्णय फिर्ता लिएको बताइएको छ । आलोचना, आग्रह र दवावका कारण महिला अधिकारको पुनर्वहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्र सङ्घले धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्ने दिने तालिवान सरकारको निर्णयको स्वागत गर्नुभएको हो । आगामी सातादेखि छात्रसँगै छात्रा पनि विद्यालय जानेछन् ।

तालिवान सरकारले यही मार्च २२ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने जनाएका छन् । बालिकालाई पढ्न दिने तालिवान सरकारको निर्णयको अन्य अन्तर्राष्ट्रिय निकाय तथा मानवअधिकारवादी संघ संगठनले पनि स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *