श्रीलंकामा कागज किन्न नसक्दा परीक्षा नै रोकियो

Highlights अन्तर्राष्टिय विद्यालय समाचार समाचार

आर्थिक अभावको सामना गरिरहेको श्रीलंकाले कागजको अभाव भएपछि विद्यालयका परीक्षा रद्द गरेको छ । श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने तय भएको परीक्षा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि अनिश्चितकालका लागि स्थगित भएको जनाइएको छ । शिक्षा अधिकारीहरुका अनुसार श्रीलंकासँग कागज आयात गर्नको लागि समेत डलरको अभाव रहेको छ ।

सन् १९४८ मा श्रीलंका स्वतन्त्रता भएपछि अहिले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । प्रश्नपत्रसमेत छाप्न नसकिने अवस्थामा पुगेपछि विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन अस्वीकार गरेको पश्चिमाञ्चल प्रदेशको शिक्षा विभागले जनाएको छ । 

श्रीलंकाली शिक्षा विभागले कक्षा ९, १० र ११ को राष्ट्रिय परीक्षा वर्षको अन्तिममा लिँदै आएका थिए । तर, यसपालि प्रश्नपत्र नै छाप्न नसकिने अवस्था आएपछि विद्यार्थीलाई परीक्षा नै नलिई अर्को कक्षामा बढुवा गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *