फूलबारीमा डुल्न जाऊ
सुन्दर फूलहरु हेरेर आऊ
गमलामा पानी सधैं हाल
केही दिनमा फक्रन्छ फूल
तर यी सबै पौधाहरुका
तिमीले पात चुडाउँदा
दुख्छ साह्रै उनीहरुलाई
यी पातहरुका अक्सिजन
चाहिन्छ सबै प्राणीलाई ।
सुन नानी,
क्लोरोफिलले पातहरु भरियो
त्यसै र त पातहरु हरियो ।
सबैले सुन
खोलेर कान
रुख–पातमा पनि हुन्छ प्राण ।