भारतको राजधानी नयाँ दिल्ली सहित मध्य र पश्चिम भारतमा आगामी चार दिन व्यापक गर्मी/तातो हावाका कारण जनजीवन प्रभावित हुने मौसम विभागको भनाइ ।
भारतमा विगत केही दिनदेखि व्यापक गर्मी बढेको छ । देशभर कडा र चर्को तापको लहर नै चलेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मध्य र पश्चिम भारतमा आगामी चार दिन तातो हावा लुका कारण जनजीवन प्रभावित बन्ने छ । आगामी दिनमा राष्ट्रिय राजधानी नयाँ दिल्लीको तापक्रम ४० डिग्री सेल्सियससम्म बढ्न सक्ने जनाइएको छ ।
सो क्षेत्रमा लूका कारण जनजीवन प्रभावित भएको र धेरै मानिसहरू गर्मीका कारण दिउसोको समय घर बाहिर निस्कन कठिन भइरहेको छ । दिल्लीको तापक्रम बिहीबारसम्म यही अनुपातमा रहने बताइएको छ । दिल्लीमा अप्रिल १ देखि तापक्रममा केही गिरावट आए पनि गर्मी मौसमका कारण केही दिनपछि फेरि तापक्रम उच्च बन्ने मौसम विभागको भनाइ छ ।