भ्याली भ्यु इङ्लिस स्कुलका विद्यार्थीलाई अन्तर्राष्ट्रिय पुरस्कार

Highlights राष्ट्रिय समाचार

सन् २०२२ को फेब्रुअरी १ तारिखदेखि छिमेकी देश चीनमा बाघ वर्ष सुरु भएको छ । त्यस अवसरमा चीनको निङपो सहरको पुस्तकालयले आयोजना गरेको अन्तर्राष्ट्रिय बाल चित्रकला प्रतियोगितामा नेपाल-चीन प्रतिष्ठानको आह्वानमा नेपालका ७ देखि १४ वर्ष उमेर समूहका विद्यार्थी भाइबहिनीहरूले भाग लिनुभएकोमा प्रतियोगितामा भ्याली भ्यु इङ्लिस स्कुलका सर्जक खतिवडाले अन्तर्राष्ट्रिय पुरस्कार पाउनुभएकाे छ । यस पटक नेपालबाट सर्जक सहित निश्चल सुवेदी, प्रसून थापा, सारका थापा र जेसिका श्रेष्ठ गरी ५ जना नेपाली कलासर्जक बालबालिकाहरूले याे पुरस्कार जित्न सफल हुनुभएको छ ।

पुरस्कृत सिर्जनाहरूलाई निङपोमा आयोजना हुने ‘बाघ चित्रकला प्रदर्शनी’ मा राखिने जनाइएको छ ।


भ्याली भ्यु इङ्लिस स्कुल, पुरानाे बानेश्वर, काठमाडाैँमा कक्षा ६ मा अध्ययनरत प्रतिभाशाली छात्र सर्जक खतिवडा लगायत अन्य प्रतिभाशाली बालबालिकाहरु निश्चल सुवेदी, प्रसून थापा, सारका थापा र जेसिका श्रेष्ठलाई यस गाैरवमय सफलताका लागि केटाकेटी अनलाइन बालपत्रिका परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *