काठमाडाै, २४ चैत / नेपाल सरकारले आजदेखि गाभी, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदार संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपको सुरुवात गरेको छ । वैशाख १८, २०७९ सम्म आयोजना हुने यस राष्ट्रिय टाइफाइड खोप अभियानले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई लक्षित गरेको छ । अभियानको क्रममा टाइफाइड खोप देशभरिका ५० हजार भन्दा धेरै खोप केन्द्रमा उपलब्ध हुनेछ ।
यस अभियान पश्चात् नियमित खोप तालिकामा टाइफाइड खोप पनि समावेश गरिनेछ र १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिने युनिसेफ नेपालले जनाएकाे छ । (फाेटाे र समाचार स्राेत : युनिसेफ नेपालकाे फेसबुक)