अब त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घन्टा सञ्चालनमा आउने

Highlights राष्ट्रिय समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सैं घण्टा सञ्चालनमा आउने भएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले  कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँको विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *