दुई वर्षपछि भौतिक उपस्थितिमै एसइइ परीक्षा

राष्ट्रिय विद्यालय समाचार समाचार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ बिहिबार शुरु भएको छ । कोरोना महामारीका कारण दुई वर्ष परीक्षा हुन सकेको थिएन । वि.सं २०७६ र २०७७ सालमा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइइको नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष परीक्षा बोर्डले सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन  गरेको हो । यस परीक्षामा ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ  कूल पाँच लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन्  ।

Leave a Reply

Your email address will not be published.