४७ वर्ष अघि हराएको मूर्ति नेपाल फिर्ता हुने भयाे

Highlights राष्ट्रिय समाचार

भक्तपुरको एक मन्दिरबाट ४७ वर्षअघि हराएको माता पार्वतीको मूर्ति फिर्ता हुने भएको छ । चोरी भएर अमेरिका पुगेको सो मूर्ति अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीको स्थायी सङ्ग्रहमा पुगेको थियो । विश्वविद्यालयले नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको हो । सो मूर्ति नेपाललाई फिर्ता गर्ने सम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रबार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ ।

वि.सं २०३२ मा भक्तपुरको गोलमाडीस्थित वीर भद्रेश्वर महादेव मन्दिरबाट सो मूर्ति हराएको थियो । सात वर्षअघि येल युनिभर्सिटी आर्ट ग्यालरीलाई एक जना दाताले उक्त मूर्ति प्रदान गरेका थिए । उक्त मूर्ति नेपालको भए-नभएको सम्बन्धमा ग्यालरी र नेपालको पुरातत्व विभागले बेग्ला–बेग्लै अनुसन्धान गरेका थिए । न्यूयोर्क स्थित महावाणिज्य दूतावासले आर्ट ग्यालरी र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता गर्नेछ ।

(फाेटाे : नेपाली दूतावासमा मूर्ति हस्तान्तरण गर्दै डेनभर सङ्गहालयका अधिकारीहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *