नेपाल – सिद्धिचरण श्रेष्ठ

Featured कविता साहित्य

नेपाल प्यारो र पवित्र देश
सौन्दर्य धारा बहने अशेष ।
सङ्गीतको मूल फुटी विशाल
छल्की रहे झैँ लयबद्ध छाल ।।

पाना खुला पर्वत पत्रपत्र
छन् वर्ण झैँ वृक्षलता विचित्र ।
खोला, चराको ध्वनि गुह्य मन्त्र
नेपाल सिङ्गै बहुमूल्य तन्त्र ।।

नयाँ जीत अनेक जोड्दै
यो देशको इज्जत मान थप्दै ।
ज्यामी, सिपाही र किसान सारा
छन् आज हाम्रा बलिया सहारा ।।

चित्र : पल्पसा मानन्धर

Leave a Reply

Your email address will not be published.