जून प्यारो आकाशलाई, आकाश प्यारो जूनलाई
धन्य भन्छौ हामी सबै, बालमन्दिरको गुणलाई ।
तिम्रो साथ पाए लाग्छ फूल बनी फुल्छौँ,
तिम्रो काख पाए लाग्छ, भाग्यमानी हुन्छौँ ।
सुख दुख जे परे नि शिखरतिरै लम्कौँ
तिम्रो माया पाई हामी आकाशमा चम्कौँ ।
जून प्यारो…..
धाइआमा, तिम्रो माया अमृत झैँ लाग्छ
तिम्रो साथ पायौँ भने आकाश छुन्छौँ लाग्छ ।
हाम्रो लागि तिमी नै हौ, जुन तारा लाख,
बाँचुञ्जेल पाइराखाैँ, न्यानो तिम्रो काख ।
(३९ औँ राष्ट्रिय बालदिवसका अवसरमा संगीतकार लक्ष्मण घिमिरेद्घारा संगीतबद्ध गरी बालमन्दिरका बालबालिकाहरुको स्वरमा रेकर्ड भएको)
साभार : बालक पत्रिका ( वर्ष ३९, अंक ४, २०६० कार्तिक)
