नेपालमा गैँडा, कहाँ कति छन् ?

Featured ज्ञानविज्ञान सामान्यज्ञान

नेपालमा पछिल्लो पाचँ वर्षमा एकसिङे गैँडाको संख्या १०७ वटा वृद्धि भएको छ । यो वृद्धिसँगै विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाको संख्या नेपालमा ७५२ पुगेको छ । यसअघि सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल संख्या ६४५ थियो ।
गत २०७७ चैत ९ गतेदेखि २८ गतेसम्म गैँडा गणना गरिएको थियो । गैँडाको राष्ट्रिय गणना सन् २०२१ मा सबभैन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ८९ वटा गैँडा बढेका छन् भने बर्दिया र शुक्लाफाँट राष्ट्रिय निकञ्जमा पनि गैँडाको सख्या वृद्धि भएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा भने गैँडाको संख्या घटेको छ ।
वन तथा वातावरण मन्त्रालयले चैत २८ मा चितवनमा सार्वजनिक गरेको नतिजा अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, पर्सा राष्ट्रिय निकुञ्जमा तीन, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटा राष्टिय निकुञ्जमा १७ वटा गैँडा रेकर्ड गरिएको छ । पर्सामा भने सन् २०१५ को संख्या जस्तै चारवटा गैँडा भेटिएका थिए तर यस पटक यो संख्या घटेर तीन भएको छ । यसअघि सन् २०१५ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६०५, बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आठ र पर्सा राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *