नेपाल ओलम्पिक कमिटीले पहिलोपटक उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुने उत्कृष्ट पुरुष खेलाडी ब्याडमिन्टनका प्रिन्स दाहाल र उत्कृष्ट महिला खेलाडी पौडीकी गौरिका सिंह रहेका छन् । उनीहरुलाई एनओसी अवार्ड २०२२ बाट सम्मानित गरिएको हो ।
ओलम्पिक दिवसका अवसरमा सो अवार्ड कार्यक्रम गरिएको हो । पछिल्लो तीन वर्षमा नेपाली खेलकुदमा पुर्याएको योगदानका लागि उनीहरूलाई अवार्ड प्रदान गरिएको हो । गौरिका हाल बेलायतमा रहेकाले कार्यक्रममा उपस्थित भइनन् ।
त्यस्तै उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ दिपक मगर र महिलातर्फ संगीना बैद्यले प्राप्त गरेका छन् । उत्कृष्ट संघको अवार्ड नेपाल तेक्वान्दो संघले प्राप्त गरेको छ । सोही कार्यक्रममा चार जना खेलकुद पत्रकारलाई पनि एनओसी अवार्ड प्रदान गरिएको थियो ।