संसारको परिक्रमा गर्ने सबैभन्दा कान्छो पाइलट

Featured ज्ञानविज्ञान तस्बिरको कथा मेरो आवाज सामान्यज्ञान

बुल्गेरिया/ बेल्जियम र बेलायतको दोहोरो नागरिकता भएका १७ वर्षीय किशोर म्याक रुथरफोर्डले विश्वमै एक्लै उडान भर्ने पाइलटको नयाँ कीर्तिमान कायम गरेका छन् । बुल्गेरियामा हिजो उनले उडान भरेको विमान अवतरण गरेपछि उनी सानो विमानमा एक्लै उड्ने सबैभन्दा कान्छो पाइलट बनेका हुन् ।

यो कीर्तिमानका लागि  पाँच महिनाअघि म्याकको यात्रा सुरु भएको थियो । आफ्नो कार्य पूरा गर्न र दुई गिनिज वल्र्ड रेकर्ड दाबी गर्न बुल्गेरियाको राजधानी, सोफियाको पश्चिममा उनले एयरस्ट्रिप अवतरण गरेका हुन् ।

रुथरफोर्ड एक्लै संसारको परिक्रमा गर्ने सबैभन्दा कान्छो व्यक्ति बन्नुका साथै माइक्रोलाइट प्लेनमा विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छो पाइलट बनेका हुन् ।

उनको स्वागत र उपलब्धिमा खुसियाली मनाउन मानिसहरूको ठूलो भीड एयरपोर्टमा जम्मा भएको थियो। म्याकले आफ्नो उपलब्धिले युवाहरूलाई आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने आशा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.