सरकारले ५८ औं राष्ट्रिय बाल दिवसको नारा ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी समाज’ तय गरेको छ । वर्षेनी भदौ २९ गते मनाइँदै आएको बाल दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै सो नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिनुभयो ।

गणतन्त्र स्थापना पछि नेपाल सरकारले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवस मनाउँदै आएको छ । यसअघि तात्कालीन मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको जन्मदिन भाद्र ४ गते बालदिवस मनाउने गरिएको थियो ।
भाइबहिनीहरु, नेपालमा बालबिलकालाइ महत्व दिएर बालदिवस मनाउन सुरु गर्ने काम आदरणीय रत्न राज्यलक्ष्मी शाहले गर्नुभएको हो ।
मन्त्रालयले यस वर्ष बालदिवस मनाउने क्रममा स्थानीय तह, प्रदेश सरकार, विभिन्न बाल क्लब, नागरिक सङ्घसंस्था र सञ्जाललाई आग्रह गरेको छ । मन्त्रालयले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ पनि पठाएको छ । सो निर्देशिका २०७८ असार २७ गते मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको थियो ।
