डेंगुबाट कसरी बच्ने ? – डा. केदार कर्माचार्य

Highlights तस्बिरको कथा मेरो आवाज स्वास्थ्य

डेंगु एडिज एजेप्टाइ नामक लामखुट्टेको टोकाइबाट हुने तीव्र भाइरल सङ्क्रमण हो । लोकभाषामा यसलाई हाडतोड ज्वरो भनिन्छ । यो रोगबाट ग्रसित भएका बेला ज्वरोको तापक्रम अत्यन्त बढी हुने भएकाले शरीरको नसा तातेर नसा फुट्न गई रक्तस्राव हुन्छ । यो अत्यन्त गम्भीर रोग भएकाले ग्रसित व्यक्तिको ज्यानै जाने सम्भावना पनि हुन सक्छ । यो विषाणुजनक भाइरस एकबाट अर्कोमा अत्यन्त छिटो सर्न सक्छ । लामखुट्टे यस रोगको जीवाणु संवाहक भएकाले प्रायजसो गर्मी तथा वर्षात्को मौसममा यो रोगले सताउँछ । यसबाट ग्रसित व्यक्तिको शरीरको रगत क्लटिङ (जम्ने) प्रक्रिया अव्यवस्थित हुने हुन्छ । मुख्यतः दिउँसो टोक्ने सङ्क्रमित एडिज लामखुट्टेले टोक्दा यो रोगको सङ्क्रमण ३ देखि १४ दिनसम्म मात्र देखिन्छ ।

सबै उमेरका मानिसलाई यो रोग लाग्न सक्छ । यो रोगबाट ग्रसित व्यक्तिको शरीरको मांसपेशी र हाडजोर्नी असह्य दुख्ने भएकाले यसलाई हाडतोड ज्वरो भनिन्छ ।

(क) डेंगु ज्वरो भाइरसको सङ्क्रमणले हुने तीव्र ज्वरो हो । (ख) डेंगु हेमोरेजिक ज्वरो– यो डेंगुको कडा रुप मानिन्छ । लक्षणहरु : अकस्मात् चिसोको अनुभूतिका साथ शरीरमा कम्पन

उत्पन्न हुने, ज्वरोको तापक्रम १०२–१०५ फरेनहाइटसम्म पुग्ने, टाउको, आँखा वरिपरि, ढाड तथा शरीरका सबै मांसपेशीका साथै हाडजोर्नी असह्य दुख्ने, छटपटी हुने, लाग्ने, रि“गटा लाग्ने, भोक नलाग्ने, अनिद्रा हुने, कमजोरीका साथ शरीरमा शिथिलता उत्पन्न हुने, छालामा रातो फोका देखा पर्ने र क्रमशः आफैं हराउने, कब्जियत हुने तथा नाक र आन्द्राबाट रक्तस्राव हुने आदि ।

सङ्क्रमणकाल : ५ देखि ९ दिन ।

रोग सर्ने तरिका : मुख्यतः दिउसो टोक्ने सङ्क्रमित एडिज लामखुट्टेले टोक्दा यो रोग स्वस्थ मानिसमा सर्छ ।

जटिलता : यथासमयमा रोग लाग्नबाट बच्ने उपाय तथा रोग लागिसकेपछि उचित उपचार नगरिएमा निमोनिया, आँखाको आइरिस अङ्गको सुजन (आइराइटिस), पुरुषको अण्डकोष सुन्निनु (अर्काइटिस), महिलाको डिम्बाणु सुन्निनु (ओफोराइटिस), रक्तअल्पता, मानसिक तनाव (डिप्रेसन) आदि हुन्छ ।

रोकथाम : घर वरिपरिको वातावरण सफा राख्ने, झ्यासझुस हटाउने, घर छेउछाउका नाला, खाल्डा आदिमा पानी तथा फोहरमैला जम्मा हुन नदिने, सुत्ने बेलामा झुल प्रयोग गर्ने, लामखुट्टेको वृद्धि रोक्नका लागि कीटनाशक औषधि छर्कने, साँझबिहान अत्यन्त चनाखो भई उक्त समयमा

घरको झ्यालढोका बन्द राख्ने, पूरा बाहुला भएको लुगा लगाउने, शरीरको खुला अङ्गमा तोरीको तेल लगाउने, रोगविरुद्ध भ्याक्सिन लिने ।

सबै उमेरका मानिसलाई डेंगु लाग्न सक्छ । त्यसैले जमेको पानी, फालिएको टायर, ट्युब, गमला, खाली बोतल र मिनरल वाटरका खाली बोतलमा समेत डेंगु सार्ने लामखुट्टे पाइन्छ । यसमा पनि सतर्क हुनुपर्दछ ।

उपचार : उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु निकै प्रभावकारी हुन्छ । असह्य दुखाइका लागि स्वेच्छाले औषधि प्रयोग नगरी चिकित्सकको परामर्शमा प्रयोग गर्नुपर्छ किनकि एस्प्रिनको प्रयोगले कतिपय रोगीको आन्द्राबाट रक्तस्रावजस्ता जटिलता हुने सम्भावना हुन्छ ।

ज्वरोको तापक्रम ज्यादा बढेमा चिसोपानीले सम्पूर्ण शरीरलाई पुछ्ने, जलवियोजनका लागि जीवनजल वा नुन–चिनी–पानी प्रयोग गर्ने, झोलिलो खाना प्रशस्त खाने, रक्तस्राव बढी भएमा चिकित्सकको सल्लाहमा रक्त प्रत्यारोपण गर्ने, रोगका लक्षण देखा पर्नासाथ नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा गई उपचार गराइहाल्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *