बेलायतमा हालै प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ऋषि सुनक बेलायतका राजा चार्ल्स तृतीयभन्दा पनि धनी हुनुहुन्छ । प्रधानमन्त्री ऋषि सुनक र उहाँकी श्रीमती अक्षता मूर्तिको सम्पत्ति ८४ करोड डलर छ । यसको मतलब उनीहरुको सम्पत्तिको मूल्य क्यारेबियनमा रहेका १६ वटा निजी टापुको मूल्य बराबर हो ।

बेलायतका राजा चार्ल्सको सम्पत्ति पनि सुनकको भन्दा कम छ भनिन्छ । त्यसैले सुनकलाई राजाभन्दा धनी प्रधानमन्त्री भनिन्छ । सुनकको धेरैजसो सम्पत्ति उनकी श्रीमती अक्षताबाट आएको हो । ऋषि पत्नी अक्षताका पिता नारायण मूर्ति भारतका अर्वपति हुनुहुन्छ । उहाँको भारतमा सफ्टवेयर कम्पनी इन्फोसिस रहेको छ ।