भक्तपुरमा चित्रकला प्रतियोगिता सम्पन्न

Featured राष्ट्रिय विद्यालय समाचार समाचार

भक्तपुर, मंसिर २१/ इप्सन (निजी विद्यालयहरुकाे समूह) भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत आज सूर्योदय सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय चित्रकला प्रतियाेगितामा मदरल्याण्ड स्कुलकी एज्जश्वी प्रजापतिले प्रथम पुरस्कार जित्नुभएको छ ! द्वितीय स्थानमा सूर्योदय सेकेण्डरी स्कुलका यूनिक कर्माचार्य, तृतीय स्थानमा सेन्ट जोन्स स्कुलका निश्चल तामागं र सान्त्वना पुरस्कार ग्लोबल एकेडेमीको आशिस् त्वाँतीले हात पार्न सफल हुनुभएको छ ।

इप्सन अन्तर्गतका सदस्य विद्यालयहरुका आधारभूत तहका विद्यार्थीहरु बिच आज भक्तपुर दरवार क्षेत्र परिसरमा बसेर प्रत्यक्ष देखिएका दृश्यलाई चित्रमा उतार्न लगाइएको जानकारी इप्सन भक्तपुरका सचिव विजय कर्माचार्यले बताउनुभयो !  

उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई शिल्ड तथा मेडल पनि आजै प्रदान गरिएको छ । समापन कार्यक्रममा ईप्सन भक्तपुरका अध्यक्ष जिबि खड्काले विद्यार्थीहरुको क्षमता तथा प्रतिभा उजागर गर्नका लागि यस्ता प्रतियोगिता आयोजना गर्ने गरिएको । उहाँले जुन सदस्य स्कुलले जिते पनि हामी सबै सदस्य स्कुलको जित हुने बताउँदै अन्य सहभागी प्रतियोगी विद्यालहरुलाई पनि हौसला प्रदान गर्नुभयो !

कार्यक्रममा शिक्षाप्रेमी तथा नेपाल स्काउटका राष्ट्रिय व्यक्तित्व रामगोपाल कर्माचार्य र प्राचार्य राम हाडाले पनि विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

चित्र बनाउन व्यस्त छात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *