प्रथम पुरस्कार प्राप्त टाेली

भक्तपुरमा लोकनृत्य प्रतियाेगिता

Featured राष्ट्रिय विद्यालय समाचार समाचार

भक्तपुर- पुस ५/ नेशनल प्याब्सन भक्तपुरको आयोजनामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भयो । नेशनल प्याब्सनका केन्द्रीय सह-कोषाध्यक्ष बिक्रम ढुकुछुको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा प्यारागन एकेडेमी विजयी भएको छ । प्यारागनको नेवारी धिमे नृत्य प्रथम हुँदा इडेन गार्डेन स्कुलको खलो नृत्य (माझी समुदायको पितृ उद्धार गर्ने) द्वितीय भएका थियो भने मदरल्याण्ड स्कुलको संगीनी नृत्य तृतीय भएको थियो । त्यस्तै एसएस सदनले सान्त्वना पुरस्कार हात पारेका थियो।

द्वितीय पुरस्का प्राप्त टाेली

उक्त नृत्य प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि ढुकुछुले विद्यार्थीहरूको क्षमता अभिबृद्धिमा यस्तो कार्यक्रम निकै उपलब्धिमूलक हुने बताउनुभएकाे छ । सोही कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नेपाल लोक संस्कृतिको धनी देश भएकले लोकसंस्कृति झल्कने नृत्यहरूलाई संस्थाले विशेष प्राथमिकतामा राखी कार्यक्रमहरू गर्दै आएको वताउनुभयाे । अध्यक्ष खड्काले विद्यार्थीहरूलाई यस्तो कार्यक्रमहरूमा सहभागी गराउँदा नेपाली मौलिक लोक संस्कृति संरक्षण सम्वर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काको सभापतित्वमा सम्पन्न प्रतियोगितामा नेशनल प्याब्सनका केन्द्रीय सदस्य जिबी खड्का, नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष पुण्यराम कवां लगायत भक्तपुर शाखाका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई पदक तथा शिल्ड वितरण गरिएको जानकारी जिल्लाका सचिव जयप्रकाश राईले बताउनुभएकाे छ ।

तृतीय पुरस्का प्राप्त टाेली

साथै प्रतियोगितामा प्रथम हुन सफल प्यारागन एकेडेमीकाे नृत्य नेशनल प्याब्सनको बागमती प्रदेश स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा छनौट भएको र २०७९ पौष ४ गते सम्पन्न भएको जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम भएको मदरल्याण्ड स्कुलकी प्रशंसा कार्की प्रदेश स्तरीय वक्तृत्वकलामा छनौट हुनुभएको कुरा कार्यक्रम संयोजक तथा भक्तपुर शाखा सदस्य सुमन शिल्पकारले जानकारी गराउनुभएकाे छ ।

सान्त्वना पुरस्कार प्राप्त टाेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *