रास्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन बागमती प्रदेशद्वारा आयोजित अन्तरजिल्ला प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल, भक्तपुरकी प्रशंसा कार्की प्रथम र लोकनृत्य प्रतियोगितामा पनि भक्तपुरकै पारागन एकेडेमी स्कुलको लोकनृत्य समूह प्रथम भई विजयी भएको छ ।

नेसनल प्याब्सन बागमती प्रदेश समितिको अध्यक्ष नारायण कुमार कार्कीको अध्यक्षता, सचिव गेन्द्र लामाद्वारा संचालित, नेसनल प्याब्सन केन्द्रीय सह-अध्यक्ष सुबास न्यौपानेको प्रमुख आतिथ्यता, नेसनल प्याब्सन केन्द्रीय उपाध्यक्ष डम्बर कार्कीको विशेष अतिथि, नेसनल प्याब्सन सिन्धुली जिल्ला अध्यक्ष सोनाम बज्यु, नेसनल प्याब्सन भक्तपुर अध्यक्ष संजय खड्का , नेसनल प्याब्सन ललितपुर जिल्ला अध्यक्ष तारा सापकोटा, नेसनल प्याब्सन काभ्रे उपाध्यक्ष बोधिकेश लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा निब्स स्कुल मण्डीखाटारमा भव्य रुपमा सम्पन भएको थियो ।
उक्त वक्तृत्वकला प्रतियोगितामा मनास्लु वर्ल्ड स्कुल चुच्चेपाटी काठमाडौँका अनुश्री न्यौपाने दोस्रो र समय पाठशाला सिन्धुलीका अमिस कुमार गुप्ता तेस्रो हुन सफल हुनुभएको छ । त्यसैगरी लोकनृत्यतर्फ समय पाठशाला सिन्धुली दोस्रो र ओराकल इंग्लिश मेडियम स्कुल ललितपुर तेस्रो भएका छन् ।

प्रथम, दोस्रो तथा तेस्रो हुन सफल हुनुभएका प्रतियोगीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । साथै दुवै विधामा प्रथम स्थान हासिल गर्नुभएका विद्यार्थीहरुले आगामी पौष २७ गते राष्ट्रिय सभागृहमा नेसनल प्याब्सनको २५ औं स्थापना दिवसको अवसरमा सम्पन्न हुने राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुनुहुनेछ ।