– आस्था थापा, कक्षा : ४, सुदेशा हाइस्कुल, ललितपुर
एक दिनको कुरा हो । जमल सहरमा अवस्थित एक ठूलो घरमाबाट धुवाँको मुस्लो निस्किरहेको थियो । त्यस घरका दिदीभाई सुशीला र दीपकले अन्य छिमेकीहरुलाई जानकारी गराए । सबै छिमेकीहरु एक ठाँउमा जम्मा भए । उनीहरु सबैले सल्लाह गरी आगो निभाउनका लागि दमकललाई बोलाए । सबै मिलेर आगो निभाए । सुशीला र दीपकले समयमा छिमेकी र दमकल कर्मचारीलाई खबर गरेकाले आगलागीबाट ठूलो क्षती हुन पाएन ।
छिमेकीहरु आगलागी भएको घरको क्षती मूल्याङ्खन गरी त्यस घर परिवारका लागि चाहिने सामानहरु सहयोग गर्न तयार भए । त्यहाँ भएका सुरक्षाकर्मीले सबैलाई भन्नुभयो, ”हाम्रो समाजमा हुने आगलागीका घटनाबाट बच्न पूर्व सावधानी अपनाउनुपर्छ । जस्तै चुरोट खाएका ठुटाहरु जथाभावी नफाल्ने, सलाई, लाइटर जस्ता बस्तुहरु हिफाजत गरिराख्ने । आगलागी भइहालेमा नजिकको प्रहरी र दमकल कर्मचारीहरुलाई खबर गरिहाल्ने ।”
प्रहरी र छिमेकी काकाले आगलागीबारे जानकारी दिने सुशीला र दीपकलाई धेरै स्यावासी दिए । अर्को दिन दिदीभाइले आफ्नो विद्यालयबाट समेत स्यावासी पाए ।