– स्वीकृति थोकर, कक्षाा १०, वासु मावि, भक्तपुर
मलाई अमेरिकी लेखक जुली पलेसद्वारा लिखित ‘साथी’ कथा एकदमै मनपर्यो । यो कथामा हामीले कुकुरलाई नराम्रो व्यवहार गर्नुहुँदैन भनी ज्ञान दिइएको छ । हुन पनि हो हामीले कसैलाई दुर्व्यवहार गर्नुहुन्न, चाहे त्यो पशु होस् वा चाहे मानिस नै । कुकुरहरूको पनि हाम्रोजस्तै परिवार हुन्छन् । त्यसैले हामीले उनीहरूलाई हानी गर्नुहुन्न । कुनै कुकुर नराम्रो अवस्थामा देख्यो भने हामीले सके आफैँं उपचार गर्ने, नसके उद्दारकेन्द्रमा सम्पर्क गर्नुपर्छ । साथीजस्तै धेरै कुकुर अझै पनि सडकमा रहेका छन् । हामी लगनशील र बुझ्ने प्राणी भएको कारण हामीले कुकुर र अन्य पशुहरूलाई माया गर्नुपर्छ र दुव्र्यवहार गर्नुहुन्न ।
साथी कथा काठमाडौँ सहरको एउटा कुकुरको सत्य घटनामा आधारित रहेको छ । यसैगरी धेरै कुकुरहरू पनि मानिसहरूको दुव्र्यवहारमा परिरहेका छन् । तीमध्ये कुनैको उद्दार भएको छ भने कुनै गम्भीर अवस्थामा र कुनैको मृत्यु नै भइरहेको छ । यसको मुख्य कारण केही बदमास र निर्दयी मानिसहरू नै हुन् । साथीलाई उद्दार गर्ने व्यक्तिजस्तै हामी पनि कुकुरहरूको भाव बुझ्ने हुनुपर्छ र कुकुरहरूलाई माया गर्नुपर्छ । यही सन्देश हामीले साथी बालचित्रकथाबाट पाउँछौं, जुन सत्य घटनामा आधारित रहेको छ । अहिले साथी कथाको कुकुरलाई एकजना क्यानेडियन परिवारले संरक्षण गरी क्यानडा लगेका छन् । कथामा साथी ना राखिएको त्यो कुकुरको वास्तविक नाम म्याक्स हो ।
अन्त्यमा, म यो भन्न चाहन्छु कि अमेरिकामा जन्मनुभएकी लेखक जुलीले लेख्नुभएको यो कथा निकै मनछुने र प्रेरणादायी छ । चित्रहरु पनि आकर्षक रहेका छन् । बज्र बुक्स, ठमेलबाट प्रकाशित यस किताबको मूल्य रु. ६०० रहेको छ ।
यस कृतिका लेखक जुली जनावरहरुको संरक्षणका लागि समर्पित समाजसेवी हुनुहुन्छ । उहाँले अहिले जनावरहरुका लागि कानून भन्ने विषय पढिरहनुभएको छ । नेपालमा कुकुरलाई माया गरौँ भन्ने आव्हानका साथ लेखक जुलीले आफ्नो एक हजार प्रति पुस्तक नेपालका विभिन्न पुस्तकालय र विद्यालयहरुलाई निःशुल्क वितरण गर्न नेपाल भ्रमणमा आउनुभएकोमा म उहाँलाई धन्यवाद दिन चाहन्छु । २०७९ पुस २४ गते एभरेस्ट स्कुल, भक्तपुरका बालबालिकाहरुसँग विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम अन्तर्गत लेखक जुलुको मन्तव्यको भिडियोमा पनि उहाँ कुकुरलाई माया गरौँ भनेर आव्हान गरिरहनुभएको सुन्दा मलाई खुसी लाग्यो । उहाँको यो आग्रह मानेर हामी सबैले कुकुरलाई माया गरौँ भन्न चाहन्छु । बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित यस कार्यक्रम एभरेस्ट अंग्रेजी स्कुलसँगको सहकार्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा आफूलाई भव्य स्वागत गरिएको र विद्यार्थीहरुले राम्ररी अन्तरक्रिया गर्नुभएको कुरा लेखक जुलुले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।
