काठमाडौँ, २०७९ साल पुस २६ गते
”विद्यार्थी जीवनमा अनुशासन सबैभन्दा महत्वपूर्ण कुरा हाे । यस जगतमा आमा नै भगवान हुनुहुन्छ । हामीले आमालाई सम्मान र हेरचाह गर्नुपर्छ हेलाँ गर्नुहुँदैन ।”
भाइबहिनीहरु, याे भनाइ सीएनएन हिराे अनुराधा काेइरालाकाे हाे । २०७२ सालमा स्थापित ‘कमला कार्की स्मृति प्रतिष्ठान’ ले विगत वर्षहरूदेखि नै राष्ट्रिय ख्याति कमाएका महिला व्यक्तित्वहरू र महिलासँग सम्बन्धित रहेर कार्य गर्दै आएकाे सामाजिक संस्थालाई नगदसहित सम्मान गर्दै आएकोमा यस वर्ष २०७९ काे कार्यक्रममा प्रमुख अतिथिकाे मन्तव्यका क्रममा सीएनएन हिराे एवम् माइती नेपालका अध्यक्ष अनुराधा काेइरालाले याे विचार व्यक्त गर्नुभएकाे हाे । काठमाडाैँकाे चन्द्रगिरी नगरपालिका क्षेत्रका महिला राष्ट्रिय खेलाडी, महिला पत्रकार, महिला कलाकार लगायत प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ । सम्मानित सबै जनालाई प्रति व्यक्ति रू. १५,००१ र सम्मानपत्र प्रदान गरिएको छ ।
सम्मानित हुने व्यक्तित्वहरुमा सितार वादनमा विश्व रेकर्ड कायम गर्ने सीतामैँया राजचल, द राइजिङ नेपालकी पत्रकार मञ्जिमा ढकाल र राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारी रहनुभएकाे छ । यस्तै चनपा १४ नं. वडाकी जेष्ठ महिला नागरिक चनमाया महर्जन वर्ष ९८ र वडा नं. १५ की १०१ वर्षकी पम्फादेवी कटुवाल पनि १५ हजार नगदसहित सम्मानित हुनुभएकाे छ । त्यसैगरी च.न.पा. काठमाडौँ वडा नं. १४ र वडा नंं. १५ का जेष्ठ महिला नागरिक मध्येबाट एकएक जना जेष्ठ महिला नागरिकलाई पनि सोही अनुसार नगदसहित सम्मानित गरिएकाे छ ।
चन्द्रागिरि नगरपालिका (च.न.पा.) मा अवस्थित काठमाडौँकै प्रतिष्ठित विद्यालय ब्राइट फ्युचर माविका संस्थापक/ निर्देशक मोहनकुमार कार्कीकी ममतामयी माता कमला कार्कीको स्मृतिमा स्थापित यस प्रतिष्ठानको वार्षिक कार्यक्रममा च.न.पा. का प्रमुख घनश्याम गिरी, ललितपुर क्षेत्र नं. २ का माननीय रामकृष्ण चित्रकार, वरिष्ठ साहित्यकार/सञ्चारकर्मी डा. नवराज लम्साल, डा. सुवास घिमिरे, प्रा.डा. शीतलकुमार कार्की, राष्ट्रिय सेवादलका प्रमुख सुरेश कार्की, अवकाश प्राप्त रथी निरञ्जन कार्की, अवकाश प्राप्त सशस्त्र प्रहरीबलका उपरिक्षक सुवर्ण थापामगर, बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरे, च.न.पा. काे सम्पूर्ण वडाका वडाध्यक्षहरू लगायत तीन सय जनाभन्दा बढी महानुभावहरू उपस्थित रहनुभएकाे थियाे ।
त्यसैगरी यसै क्षेत्रमा महिलासँग सम्बन्धित रहेर कार्य गर्ने सामाजिक संस्था रेणुका दुलाल प्रतिष्ठानलाई सस्थालाई प्रदान गरिँदै आइएकाे रु एक लाख राशिकाे पुरस्कार नगद र सम्मानत्रसहित प्रदान गरिएको छ ।
कार्यक्रममा आमाको महत्वमाथि प्रकाश पार्दै मुख्य वक्ताहरु डा. नवराज लम्साल, डा. सुवास घिमिरे र माननीय रामकृष्ण चित्रकारले आमाबारे चर्चा गर्नुभएको थियो । कमला कार्की स्मृति प्रतिष्ठानका सरक्षकमा अम्बिका कार्की र शिवराज पन्त रहनुभएकाे छ ।