देश हाम्रो नेपाल

Highlights कविता साहित्य
  • आरध्या श्रेष्ठ, कक्षा– ५, सुदेशा हाइस्कुल, नख्खु दोबाटो, ललितपुर

बहुलजाती भाषा धर्म बसोबास गर्छन् यहाँ
माया, प्रेम, स्नेहले भरिएको छ जहाँ
सम्मान गरौँ एकअर्काको जातभाषा, धर्म
यसैबाट कमाउनेछौँ हामीले असल कर्म ।

शान्तिका दूत गौतम बुद्व जन्मिएको देश हाम्रो
सर्वोच्च शिखर उभिएको नेपाल देश राम्रो
हिमाल,पहाड, तराईले सजिएको देश हाम्रो
सिर्जनशील भई पौरखले बनाउनु छ देश राम्रो ।

उत्तरमा उभिएका सेतासेता हिमाल
दक्षिणमा छ तराई अन्नको भण्डार
वीरहरुको रगतले स्वतन्त्र र स्वाभिमानी
प्यारो प्यारो देश हाम्रो नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *