मित्रता

Featured कथा साहित्य

  – कञ्चन महर्जन, कक्षा : ८, सुदेशा स्कुल, ललितपुर ।                                   

 राम र रामको परिवार प्रत्येक वर्ष हिउँदमा तराई जाने गर्दथे ।  त्यहाँ रामकोअत्यन्तै मिल्ने बच्चैदेखिको साथी  थियो । पहिलादेखि नै राम तराई पुग्दा हरिलाई भेट्थ्यो तर यो पठक निकै समय पछि मात्र ऊसले जान पाएको थियो  ।   त्यहाँ उसले आफ्नो हजुरआमा र हजुरबुबा भेट्यो  ।  उसले त्यहाँ जानेबित्तिकै हरिको बारेमा सोध्यो । रामलाइ आफ्नो साथीको धेरै माया थियो । हरि बस्ने घर पहिलाको रहेनछ तर पनि ऊ बसेको ठाउँ पत्ता लगाएर  त्यहाँ गयो र हरिलाई भेट्यो । आफ्नो अगाडि रामलाई देखेर हरि जिल्ल पर्यो । हरिले रामलाई अँगालो मार्यो उनीहरुको धेरैबेरसम्म आफ्नो बाल्यकालबारे कुरा गर्दै बसे ।  कुरा गर्दै जाँदा हरिको परिवारको बारेमा कुरा निस्कियो हरि अत्यन्तै दुखी भयो । रामले के भयो भनेर सोध्दा हरिको अनुवहार झनै मलिन हुँदै गयो । केहीबेरपछि थाहा भयो । उसको आमाको मृत्यु भएको रहेछ र यस्तै कारण उसको आर्थिक अवस्था पनि नराम्रो भएको कुरा रामले थाहा पायो ।  राम केही पैसा हरिलाई दिने बारेमा सोच्न थाल्यो तर उसले आफ्नो परिवारले त्यो कुरा मान्नु हुन्न भनेर पनि सम्झियो 

            एकदिन दुबैजना खेतमा भैँसी चराउन गएका थिए र   हास्दै खेल्दै थिए।  त्यहीबेला पछाडिबाट  एउटा अजङ्गको सर्प आयो । सर्प आयो र भाग्न खोज्दाखोज्दैमा रामलाई टोकिहाल्यो ।  सर्प भागिसकेको थियो उनीहरु हाहाकार गर्रेर चिच्याउन थाले । हरिले आपतमा पनि बुद्धि लगाइहाल्यो र आफूले लगाएको  गन्जी खोलेर च्यात्यो  र सर्पले टोकेको ठाउँभन्दा माथि टनक्क बाँधिदियो । वरिपरि कोही थिएन तर हरिले रामलाई हरेस नखान भन्यो ,”केही  हुन्न राम म तिमीलाई जसरी भएपनि अस्पताल पुर्याउँछु ।” हरिले यो समस्याको समाधाम सोच्यो र  उसले रामलाई बोकेर भैंसीमामाथि राखेर बाँध्यो अनि भैसीलाई डोरीले तान्न थाल्यो । बल्ल उसले रामलाई उसको घर पुर्यायो । सबैजना दौडे हतार हतार रामलाई तुरुन्त डाक्टरकहाँ पुर्याए  । उपचार सफल भयो तसर्थ रामलाई केही भएन । उपचार सफल भयो हरिले रामलाई घर नल्याएको भए जे पनि हुनसक्थ्यो सबैजना यही कुरा गर्दै हुनुहुन्थ्यो  । त्यसैले सबै जनाले रामलाई धन्यवाद दिनुभयो।  

भोलिपल्ट रामले आफ्नो परिवारसँग कुरा गर्यो । हरिको परिवारको अवस्था सबिस्तार वर्णन गर्यो र  हरिलाई  सहयोग गर्न मन लागेको बतायो ।  रामको आग्रहमा उसको  परिवारले हरिको परिवारलाई  १ लाख रुपैयाँ सहयोग गर्नुभयो । यो देखेर  हरिको आँखाबाट खुशीको आसुँ झर्यो । हामीले सहयोगको भावना राख्नुपर्छ । अर्को कुरा जस्तोसुकै परिस्थितिमा पनि समझदार भएर काम गर्नुपर्छ । साथीलाई  दुख सुखमा सहयोग गर्नुपर्छ भन्ने कुरा यस कथाबाट सिक्न सकिन्छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *