– श्रेया निरौला, कक्षा- ९, सुदेशा स्कुल, ललितपुर ।
विद्या+ आलय दुईओटा शब्द मिलेर बनेको विद्यालय शब्दको अर्थ ज्ञानको मन्दिर हो । विद्यार्थीको भावना बुझेर सिकाइने, सर्वाङ्गीण विकासमा केन्द्रित हुने मेरो प्यारो विद्यालयको नाम हो सुदेशा स्कुल । ललितपुरको नख्खुमा रहेको मेरो विद्यालय लगभग तेह्र रोपनी क्षेत्रफलमा फैलिएको छ । वि।सं २०४१ सालमा स्थापना भएको मेरो विद्यालयले आजसम्म समाजसँग प्रतिस्पर्धा गर्न सक्ने , व्यवहारिक ज्ञान र सिपमा आधारित भएर सिकाउँदै आएको छ । मेरो विद्यालयमा एउटा विद्यालयमा हुनुपर्ने सबै प्रकारका भौतिक सुविधाहरु उपलब्ध छन् । शैक्षिक र मनोवैज्ञानिक पक्ष पनि अत्यन्तै प्रभावकारी छ । प्रामाणपत्र मात्र नदिई मेरो रुचिअनुसारको सिकाइमा मद्दत गर्ने विद्यालय हो मेरो विद्यालय ।
उपत्यकामा भएर पनि ठुलो क्षेत्रफल ओगटेको मेरो विद्यालमा तीनओटा भवनहरू, पुस्तकालय, विज्ञान प्रयोगशाला , कम्प्युटर प्रयोगशाला, सङ्गीत प्रयोगशाला, खेल मैदान, बास्केटबल कोर्ट, चमेनागृह,शौचालय,कक्षाकोठामा ठुला पर्दाको स्मार्ट टेलिभिजन आदि सुविधाहरू रहेका छन् । विद्यार्थीको शारीरिक विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप गराइन्छ । बास्केटबल , फुटबल, रिले दौड, टेबल टेनिस आदि खेलहरूको प्रतियोगिता हुन्छ । समय समयमा विद्यार्थीको शारीरिक विकासमा ध्यान दिइन्छ भने हरेक हप्ताको बुधबार खेलकुदको कक्षा पनि हुन्छ । पुस्तकालयमा सबै विषयसँग सम्बन्धित पुस्तक साथै साहित्यका पुस्तकहरू प्रशस्तै राखिएको छ । कक्षाकोठामा डेक्स, बेन्चपनि विद्यार्थीको उमेरानुसार राखिएको छ भने सबै कक्षामा पुस्तक राख्ने दराज उपलब्ध छ । भिडियो ,स्लाइड आदि देखाएर पढाइने भएकोले पढ्दा कहिल्यै अल्छी भने लाग्दैन ।
शैक्षिक वातावरणको कुरा गर्नुपर्दा मेरो विद्यालयमा मलाई सबै शिक्षकले उत्तिकै माया गर्नुहुन्छ । न गाली गर्नुहुन्छ न पिट्नुहुन्छ । मेरो विद्यालयमा शिक्षक र विद्यार्थीबीच अत्यन्त राम्रो तालमेल छ जसकारण विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउन मेरो विद्यालयले जोड दिने गर्छ । साथै मेरो विद्यालयले किताबी ज्ञानका साथसाथै व्यवहारिक सीपमा धेरै ध्यान दिने गर्दछ। म मेरो स्कूल शिक्षाको मन्दिरको रूपमा देख्छु जसले हामीलाई ज्ञान र नैतिक आचरण प्रदान गर्दछ। अन्य विद्यालयहरूको विपरित, मेरो स्कूलले मात्र शैक्षिक प्रदर्शनमा ध्यान केन्द्रित गर्दैन। अर्को शब्दमा, यसले विद्यार्थीहरूको समग्र विकासमा जोड दिन्छ। विद्यार्थीले नबुझेका कुरा बारबार बुझाइन्छ । शिक्षकले हामीलाई परियोजना कार्य दिएर प्रस्तुत गर्न लगाउनुहुन्छ जसले गर्दा हाम्रो व्यक्तिगत क्समतामा विकास हुन्छ र सिकेका कुरा लामो समयसम्म स्मरण हुन्छ । मानसिक विकासका लागि लुडो, चेस, क्यारेम आदि खेलाइन्छ । वादविवाद( वक्तृता प्रतियोगिता, कविता वाचन। हिज्जे आदिका साथै व्यवहारिक ज्ञान खाना बनाउने प्रतियोगिता समेत सञ्चालन गरिन्छ । विपत् र आपकालिन अवस्थामा सचेत हुन देखि हरेक समस्याको नडराई सामना गर्न सिकाउने मेरो विद्यालयमा हामीलाई विश्व बजारमा भिड्न सक्ने बनाइन्छ ।
सबै भाषा,धर्म,जाति,समुदायका साथीहरुसँग घुलमिल हुन र एकअर्काको सम्मान गर्नुपर्छ भन्ने सिकाउने मलाई सबैभन्दा प्यारो लाग्छ मेरो विद्यालय । मैले सबैभन्दा बढी महसुस गरेको र सिकेको कुरा भनेको समय पालना आफ्ना कामहरू समयमै गर्न र दैनिक तालिका बनाएर योजनाबद्ध भएर काम गर्ने बानीको विकास यहाँ आएर सिकेको हुँ । मेरो विद्यालय परम्परागत रुपमा सिक्ने सिकाइ भन्दा विद्यार्थीमैत्री वातावरणमा सिक्ने सिकाउने र विद्यार्थीलाई सिपयुक्त बनाउने साथै जिवनोपयोगी शिक्षा प्रदान गर्ने गर्छ तसर्थ मलाई सबैभन्दा प्यारो लाग्छ मेरो स्कुल । म मेरो दोस्रो घर मेरो विद्यालय सुदेशा स्कुललाई किताबी ज्ञानमात्र नभएर व्यवहारकुशल सिप सिकाएर सक्षम र जिम्मेवार बन्न हौसला दिने मेरो प्यारो विद्यालयलाई सधै धन्यवाद दिरहने छु ।