चर्चाको शिखरमा बालिका

Highlights अन्तर्राष्टिय तस्बिरको कथा मेरो आवाज समाचार

उत्तर कोरियाली नेता किम जङ उनसँगै देखिनुभएकी बालिका अहिले संसारभरि चर्चाको शिखरमा हुनुहुन्छ । उहाँ उत्तर कोरियाका शक्तिशाली नेता किम जङ उनकी छोरी हुनुहुन्छ । उहाँ एक सातामा दोस्रो पटक सार्वजनिक रुपमा देखा पर्नुभएकाे हाे । सार्वजनिक रुपमा नेता किमका परिवारका सदस्य विरलै मात्र देखिने गरेका छन् । यसरी पटक पटक देखिनुले कतै उनी नेता किमकाे उत्तराधिकारी त हुने हैनन् भनेर अनुमान गरिएको छ ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले किमकी छोरीको नाम र उमेर खुलाएका छैनन् । उनी किमकी सबैभन्दा प्यारी र अनमोल सन्तान हुन् भनेर मात्र व्याख्या गरिएको छ । केसीएनएले यो महिना प्रक्षेपण गरिएको ह्‍वासोङ-१७ क्षेप्यास्त्रमा संलग्न सेना, वैज्ञानिक र अन्यलाई यसै साता किम र उनकी छोरीले भेट गरेको जनाइएको छ । केसीएनएले हालै सार्वजनिक भएका तस्बिर कहिलेको हो भनेर जनाएको छैन तर किम र उनकी छोरीले उक्त समूहले “उनीप्रति उच्च महिमा र श्रद्धा” व्यक्त गरेको भन्दै उनीहरू “असीमित जोस र खुसीले भरिपूर्ण” भएको जनाएको छ ।

विश्वकै अति गोप्य देशको नेतृत्व किम जङ अनले गर्छन् । उनको व्यक्तिगत जीवनबारे एकदमै थोरै मात्रै कुराहरु सार्वजनिक रुपमा बाहिर आएका छन् । सन् २०१२ को जुलाईमा उत्तर कोरियाले किमकी श्रीमती रि सोल-जु रहेको पुष्टि गरेको थियो। सार्वजनिक रुपमा किमसँग रि देखिएको एक महिनापछि मात्रै कुरा पुष्टि गरिएको थियो । त्यसयता दक्षिण कोरियाली सञ्चारमाध्यमले उनीहरूका तीन सन्तान रहेको अनुमान गरेका छन् ।

सन् २०१३ को सेप्टेम्बरमा अमेरिकी अवकाशप्राप्त बास्केटबल खेलाडी डेनिस रडम्यानले उत्तर कोरियामा बास्केटबल सम्बन्धी कूटनीतिक भ्रमण गरेपछि ब्रिटिश पत्रिका द गार्डियनमा उनलाई उद्धृत गर्दै किमको छोरी रहेको उल्लेख गरिएकाे थियो । डेनिसले आफूले उनीहरूकी छोरी जू_ए लाई बोकेको र किमकी श्रीमतीसँग पनि कुरा गरेको उल्लेख गरेका छन् । उनी असल पिता हुन् र उनको एउटा सुन्दर परिवार छ,” रडम्यानले पत्रिकालाई भनेका थिए । बास्केटबल खेलाडी डेनिसले एकजना मात्रै किमकी छोरीको नाम उल्लेख गर्ने व्यक्ति हुन् ।

बाबु छोरी पहिलो पटक सार्वनजिक

सन् २०२२ को नोभेम्बर १९ मा केसीएनएले पहिलोपटक बाबुछोरीका कयौँ तस्बिरहरू प्रकाशित गरेको थियो। किमको अस्तित्वबारे लामो समयदेखिको हल्ला भइरहेका बेला ती तस्बिरले उनीबारे पुष्टि गरेको थियो। सरकारी सञ्चारमाध्यमले किम र छोरीले अधिकारीहरूसँग कुराकानी गरेको, क्षेप्यास्त्र निरीक्षण गरेको र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रको प्रक्षेपण गरेको हेरेको जनाएको थियाे । तर ती बालिकाको नाम र उमेर भने समाचारमा खुलाइएको थिएन ।

सन् २०२२ मै दोस्रोपटक किमकी छोरी देखा परेकी थिइन् । किम जङ-अन र उनकी छोरीको पहिलो पटक तस्बिर सार्वजनिक भएको एक सातापछि केसीएनएले गत आइतवार अर्को चरणका तस्बिरहरू सार्वजनिक गरेको हो । दोस्रो पटक पनि बालिकाको उमेर र नाम उल्लेख गरिएन । उहाँलाई किमकी “अति प्यारी” र “अनमोल” सन्तान भनी व्याख्या गरियो । आइसीबीएम प्रक्षेपणमा संलग्न प्राविधिक र वैज्ञानिकहरूसँग उत्सव मनाइरहँदा किम जू-ए आफ्नो बुबासँगै उभिएको तस्बिरले उनलाई सम्भावित उत्ताधिकारीका रूपमा अगाडि बढाइएको थालनीका रूपमा हेरिएको छ । केही विश्लेषकहरूले भने किमकी तिनै छोरी उत्तराधिकारी होलिन् भनेर अनुमान गर्न निकै चाडो हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *