फागुन १, २०७९ साेमवार । विद्यालयका बालबालिकासँग लेखक भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ ।
सफलता शिक्षा सदन स्कुलमा अध्ययनरत २५ जना बालबालिकाहरु सहभागी हुनुभएको यस कार्यक्रममा आदरणीय लेखक सुशीला देउजाले भर्खरै प्रकाशित आफ्नो बालनियात्राकृति ‘अमेरिका दर्शन’ लेखनको अनुभवबारे बोल्नुभएको थियो । अन्तरक्रियाका क्रममा बालबालिकाहरुले लेखकसँग लेखन र पुस्तक प्रकाशनका विषयमा विभिन्न प्रश्नहरु सोध्नुभएको थियो ।
अमेरिका दर्शन कृतिमा समावेश रोचक तथ्यहरु र घट्नाहरु सुनेर आफू यस कृति पढ्न उत्साहित भएको छात्रा मन्जु चन्दले बताउनुभयो ।
बालसाहित्य प्रतिष्ठानद्वारा बालबालिकामा पठन संस्कृतिको विकासका लागि लामो समयदेखि आयोजा हुँदै आएको फागुन महिनाको यस पहिलो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कार्तिकेय घिमिरेले कार्यक्रमको दोस्रो सत्रमा सहभागी बालबालिकालाई सिर्जनात्मक लेखनबारे प्रवचन दिनुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार राईको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा कवि ईश्वर थाेकर, मन्जु चन्द, राेहन भण्डारी र प्रकाश भण्डारीले कविता वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रममा ‘सम्पदा दर्शन’ चर्चित बालनियात्रा पुस्तकका लेखक सुशीला देउजाज्यूद्वारा आफ्ना मातापिताको स्मृतिमा सहभागी बालबालिकाहरुलाई बालसाहित्य प्रतिष्ठानद्वारा छनाेट गरिएका एक सेट स्तरीय र पठनीय बालपुस्तकहरु उपहार प्रदान गर्नुभएकाे थियाे ।
Comment