आगलागी वा विभिन्न कारणले जलेका विरामीको उपचारका लागि वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डाक्टर सन्तोष पौडेलले तीन महिना भित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताउनुभयो ।
वि.सं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष आइसियु र शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउने तयारी सुरु भएको छ । अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डाक्टर पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो । यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डाक्टर भूपेन्द्र बस्नेतले पाउनुभएको थियो ।