जलगैँडा ठुलो उभएचर (पानी र जमिन दुवैमा बस्ने) स्तनधारी जीव हो। यो सबसाहारन अफ्रिकाको रैथाने जीव हो। यो नदी, तालहरू र म्यान्ग्रोभमा बस्छ।
जलगैँडाका बारेमा जान्नै पर्ने पाँच रोचक तथ्यहरू यस प्रकार छन् :
१. जलगैँडालाई जमिनमा बस्ने दोश्रो ठुलो जनावरका रुपमा चिनिन्छ र यसको तौल ३२०० किलोसम्म हुन्छ।
२. जलगैँडाको पौडने क्षमता विशेष हुन्छ र यो करिब पाँच मिनेटसम्म स्वास रोकेर पानीमुनि बस्न सक्छ।
३. जलगैँडा एक साकाहारी जनावर हो जसले प्राय घाँस खान्छ, यसले आफूलाई मन पर्ने खानेकुरा करिब ३५ किलोसम्म खान सक्छ।
४. जलगैँडा एक सामाजिक प्राणी पनि हो जो प्राय समूहमा बस्न रुचाउँछ जसलाई बथान (Herds) वा फलि (Pods)भनिन्छ। यसको एउटा समूहमा सामान्यतया कम्तिमा ४० देखि बढिमा २००को सङ्ख्यामा जलगैँडा हुन्छन्।
५. भाले जलगैँडालाई साँडे (Bull)भनिन्छ भने पोथी जलगैँडालाई गाई (cow) भनिन्छ। साथै जलगैँडाको बच्चालाई बाच्छा बाच्छी (calf) भनिन्छ।
प्रतिकूल मौसम, चोरी शिकारी र दाह्राको अवैद ब्यापारका कारण जलगैँडाको जनसङ्ख्यामा गम्भिर असर परेको छ जसको फलस्वरुप यिनीहरू चाँडै लोपुन्मुख हुने खत्रामा रहेका जनावरको रुपमा वर्गिकरण हुन सक्छन्।
हाम्रो रमाइलो जगत र भविष्यका लागि जलगैँडाको सुरक्षा र संरक्षण गर्नु पर्छ।
(फाेटाे र सामग्री स्राेत : युएनडिपी) प्रस्तुति : सरिता अर्याल