मेरो नेपाल

कविता साहित्य

मेरो नेपाल लाग्छ मलाई राम्रो
यही हो प्यारो देश हाम्रो
कति राम्रो हावापानी कति राम्रो खोला
नेपाली भै नेपाललाई माया गर्नुहोला ।

कोही बस्छन् हिमालमा कोही पहाड तराई
जोजो जहाँ बसेपनि कोही छैन पराई
प्रकृतिको सुन्दर खानी बुद्धको यो देश
सयौंथरी जातजाति सयौँ भाषाभेष ।

एकतामा मात्र हुन्छ धेरै ठुलो शक्ति
देश विकास गर्नलाई गर्नुपर्छ भक्ति
सुखदु:ख जीवनमा बोक्नुपर्छ भारी
सयौँ थरी फूल फुलेको साझा फुलबारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *