मेरो देश नेपाल सुन्दर र विशाल
उचाइका प्रतीक आकाश छुने हिमाल
तराईका फाँटमा धानका बाला झुल्दछन्
बुद्ध हिँड्ने बाटोमा लालीगुराँस फुल्दछन्
लडी हाम्रा पुर्खाले दुष्मनलाई भगाए
स्वर्ग जस्तो नेपाल यति ठुलो बनाए
धेरै धेरै भाषा छन् धेरै धेरै जाति
संसारमा नेपाली सबैभन्दा माथि
सीता अनि भृकुटीले नेपाललाई चिनाए
नेपालको स्वाभिमान धेरै अग्लो बनाए
आफ्नाे कला बोकेर अरनिको चीनमा
यो देशको इज्जत छ विश्वका कुना कुनामा
सबै धर्म जातिको साझा फूलबारी यो
चन्द्रसूर्य झन्डाको विशाल छहारी यो
यही देशमा बाँच्न पाऊँ यही देशमा मर्न पाऊँ
राम्रो काम गरेर देशको सेवा गर्न पाऊँ ।