रिजेन्ट स्कुलको ११ औँ वार्षिक उत्सवमा सजिएको नेपाल

Highlights अडियो / भिडियो केटाकेटी अनलाइन युट्युब राष्ट्रिय विद्यालय समाचार समाचार

फागुन १४ / केटाकेटी अनलाइन सम्वाददाता

विभिन्न क्षेत्र र समुदायका विविध भेषभूषामा सजिएका बालबालिकाहरुकाे प्रस्तुति हेर्दा लाग्थ्याे हिजाे फागुन १३ गते शनिवार रिजेन्ट स्कुलकाे उत्सवमा पूरै नेपाल देश सजिएकाे थियाे । नेपाल देशकाे सांस्कृतिक पहिचान बोलिरहेको थियाे । हो, यो भिडियो तिनै विविधता भित्र समेटिएकाे नेपाली एकताको साक्षी हो । जहाँ बालबालिकाहरुले फरकफरक भेषभूषामा फरकफरक विविध स्वादका नृत्यहरु प्रस्तुत गर्नुभएको थियाे ।

रिजेन्ट स्कुलको ११ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह (२०७९ फागुन १३) का अवसरमा उक्त विद्यालयमा आयोजित कार्यक्रममा यस वर्ष केटाकेटी अनलाइनले पनि सहभागी हुने अवसर पाएकाे थियाे । त्यही अवसरमा याे भिडियाे खिचिएको हो । वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह बिहान र दिउँसो गरी दुई चरणमा भव्य रुपमा आयोजना गरिएकाे थियाे । कार्यक्रममा पाँच सय बढी बालप्रतिभाहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।

प्रा. बालचन्द्र लुइटेललाई मायाकाे चिनाे प्रदान गर्नुहुँदै संस्थापक/प्रिन्सिपल नवराज सञ्जेल

विद्यालयका प्रतिनिधि महेश न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पहिलो बिहानी समयमा आयोजित पहिलो चरणको कार्यक्रममा कक्षा १ देखि ४ सम्मका बालबालिकाहरुले र दिउँसोको समयमा आयोजित दोस्रो चरणमा कक्षा ५ देखि १० सम्म अध्ययनरत बालबालिकाहरुले प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।

बिहानी समयको कार्यक्रममा स्थानीय जनप्रतिनिधि जीवन महर्जन र दिउसोको समयको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, शिक्षा विभागका डिन प्रा. बालचन्द्र लुइटेल प्रमुख अतिथिका रुपमा रहनुभएको थियो । साथै ललितपुर महानगरपालिका शिक्षा महाशाखाका अधिकृत विद्यालय निरीक्षक, शिक्षक संगठनका प्रतिनिधि, अभिभावक र पत्रकार लगायत महानुभावहरुको कार्यक्रममा भव्य उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै प्रा. बालचन्द्र लुइटेलले सिकाइको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीमा सिक्ने जागर भए शिक्षकमा सिकाउने जागर पनि बढ्छ अनि शिक्षाको उन्नति हुन्छ भन्नुएको थियो ।

विद्यालयकाे भावि कार्यक्रमबारे प्रकाश पार्दै विद्यालयका संस्थापक/प्रिन्सिपल नवराज सञ्जेलले विद्यालयमा यस नयाँ शैक्षिक सत्र २०८० देखि बालबालिकामा पठन संस्कृतिको विकासका लागि सिर्जनात्मक लेखन कार्यशालाहरु, बालसिर्जना पुस्तक प्रकाशन, बालसाहित्य मेला लगायत विविध कार्यक्रममा जोड दिने विचार व्यक्त गर्नुभयो । साथै उहाँले बालबालिकाका लागि विभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गरिने लक्ष्य रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *