कलमका टुप्पा हेर औंलाभन्दा साना
ती साना टुप्पाले लेख्छन् पानापाना
प्रत्यक्ष रुपमा गुणदोष छुट्याउन उसले सिकाउँछ
असीम ज्ञान बटुलेर हवाईजहाजजस्तै उड्न सघाउँछ ।
आफू मरेर पनि ज्ञान बाँड्छ यसले
यस्तो अमर काम संसारमा गर्न सक्छ कसले ?
कसैको आश नलिई अगाडि बढ्छ कलम
मन दुखेको मानवमा लगाउँछ यसले मलम ।
हात हतियार सबैलाई परित्याग गरेर
आफू समयानुकूल परिमार्जन भएर
सत्य कुरा पस्किन सिकाउँछ
यसले मानव जीवनमा ज्ञानको थुप्रो भर्न सघाउँछ ।