विश्वकै सबैभन्दा ठुलो बालसाहित्य पुरस्कार

Highlights अन्तर्राष्टिय समाचार

विश्वकै सबैभन्दा ठुलो बालसाहित्य पुरस्कार ‘अस्ट्रिड लेनग्रेन स्मृति पुरस्कार २०२३’ बाट अमेरिकी लेखक लौरी ह्याल्स एन्डरसन पुरस्कृत हुनुभएकाे छ । 

आदरणीय लेखक अस्ट्रिड लेनग्रेन

भाइबहिनीहरु, स्वीडेनी लेखक अस्ट्रिड लेनग्रेनकाे स्मृतिमा स्थापित विश्वकै सबैभन्दा ठुलो बालसाहित्य पुरस्कार अस्ट्रिड लेनग्रेन स्मृति पुरस्कार २०२३ (Astrid Lindgren Memorial Award 2023) बाट अमेरिकी लेखक लौरी ह्याल्स एन्डरसन पुरस्कृत हुनुभएकाे छ। उहाँले यस पुरस्कार वापत ५ मिलियन स्विडिश क्रोना पाउनुभएकाे छ। जुन रकम अहिलेको दर अनुसार 475,000 डलर अर्थात नेपाली रकम ६ कराेड २२ लाख भन्दा धेरै हुन्छ । उक्त पुरस्कार घाेषणाको प्रत्यक्ष प्रसारण मार्च ७ का दिन स्टकहोमका साथसाथै बेलोनिया चिल्ड्रेन्स बुक फेयरमा गरिएको थियो ।

निर्णायकमण्डल,  अल्माका अनुसार, “लरी ह्याल्स एन्डरसनले साना बालबालिका लक्षित आफ्ना उपन्यासहरूमा विगत र वर्तमान दुवैमा अर्थ, पहिचान र सत्यको खोजीका लागि आवाज उठाएकी छिन्। उनको दमिलो प्रकाशयुक्त यथार्थले साना किशोरकिशोरीहरूको जीवनमा समय र सम्झनाको महत्वपूर्ण भूमिकालाई प्रकट गरेको छ । पीडा र चिन्ता, लालसा र प्रेम, वर्ग र लिङ्ग आदिलाई शैलिगत यथार्थता र वैराग्यपूर्ण बुद्धिमताका साथ अनुसन्धान गरिएको छ। कोमलता र  तिव्रताका साथ लरी ह्याल्स एन्डरसनले मनस्थिती र संवेगहरूलाई प्रस्तुत गर्छिन् र कुनै पनि कठिन कुरालाई प्रस्तुत गर्न कहिल्यै हिच्किचाउँदिनन् ।”

एन्डरसनले आफ्नो बालसाहित्य पुस्तक प्रकाशनको  सुरुवात १९९६ मा एन्डिटो रन्स हल्ट नामक चित्रकथा मार्फत गरेकी थिइन् जसलाई अनिता भ्यान डर मर्वीले चित्राङ्कन गरेकी थिइन्। उक्त पुस्तक गाउँमा खालिखुट्टाले दौडने एक केन्याली केटीको बारेमा लेखिएकाे थियो। १९९९ मा उनले आफ्नो पहिलो किशोर उपन्यास स्पिक (एफएसजि) प्रकासशत गरिन् जसलाई उनको सफलताको खुड्किलो मानिन्छ। एक बलात्कृत केटीको अनुभवको शक्तिशालि प्रस्तुतिका लागि उनकाे प्रसंशा गरिएको यस पुस्तकलाई थुप्रै भाषाहरूमा अनुवाद गरिएको छ। यसलाई २००४ मा चलचित्रको रुपमा पनि रुपान्तरण गरिएको थियो। यसका साथै यसलाई २०१८ मा एमिली क्यारोलको चित्राङ्कनमा चित्र उपन्यासका रुपमा पनि प्रकाशित गरिएको छ। उनी २०१९ को in-verse Shout (Viking) नामक संस्मरणकी लेखक पनि हुन्। जसमा उनले एक बलात्कृत महिलाको रुपमा उनको आफ्नै अनुभव समेटेकी छिन् र साहित्यमार्फत आफ्नो आवाज उठाउने प्रयास गरेकी छिन् ।

कठिन परिस्थितीलाई चित्रण गरिएका उनका अन्य सम्झन योग्य पुस्तकहरूमा  Wintergirls (2009, Viking), जसमा दुई बालिकाहरूलाई देखाइएको छ, जो खानासम्बन्धी कdhf]/Lसँग सङ्घर्ष गर्छन्। यस्तै The Impossible Knife of Memory (2014, Viking) यो एक किशोरीको कथा हो जो मनोवैज्ञानिक समस्याबाट ग्रसित आफ्नो जँड्याहा बाबुको छत्रछायाँमा हुर्केकी हुन्छे। बारम्बार आफ्ना पुस्तकहरू प्रतिबन्धित भएपछि उनले सेन्सरशिपका बिरुद्ध पनि सक्रिय रुपमा आवाज उठाइरहेकी छिन्।  – एजेन्सीकाे सहयाेगमा सरिता अर्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *