भरतपुर गाउँमा एउटी विधवा महिला बस्थिन् । उनको नाम यशोदा थियो । उनी गर्भवती भएकी थिइन् । बिहे गरेको वर्ष दिनमै उनको लोग्ने गाडी दुर्घटनामा परी बितिसकेको थियो । यशोदाले ज्याला मजदुरी गरी आफ्नाे पेट पालिरहेकी थिइन् । यसै क्रममा उनको छोरा जन्मियो । उनको जीवनमा खुसी भित्रियो । उनले छोरालाई उचित स्याहारसुसार गरेर हुर्काइन् ।
छोरा पढाउनका लागि उनले पैसा जम्मा गरेकी थिइन् । उनी छोरा राजनलाई राम्रो शिक्षा दिन चाहन्थिन् । पढ्न जान सक्ने भएपछि उनले छोरालाई स्कुल भर्ना गरिदिइन् । उनीले आपूm भोकै बसेर पनि छोराले मागेको कुरा पूरा गरिदिइन् । ती यशोदा आमा मात्र नबनेर छोराको बाबु पनि बनेकी थिइन् ।
यशोदाको छोराले १२ कक्षा पास गरेपछि पढ्न विदेश जाने विचार ग¥यो । त्यसका लागि यशोदालाई निकै रकम आवश्यक प¥यो । जसोतसो रिनपिन गरी यशोदाले छोरालाई विदेश उडाइन् ।
विदेश गएको केही समय आमाछोराबिच फोनमा र भिडियोमा कुरा भयो । उसले आमालाई फोन गर्न कम गर्दै लग्यो । कहिले त ऊ महिनौसम्म आमालाई सम्पर्क गर्दैनथ्यो । दुई वर्षपछि त छोरो फोन आउनै छाड्यो ।
विदेशमा छोरो खराब साथीहरूको सङ्गतमा लागेर कुलतमा फसिसकेको थियो । विदेशमा ऊ हरेक रात डिस्को पार्टीमा रक्सीले मातेर नाच्न थाल्यो । नेपालकै एउटी केटीसँग ऊ मायाजालमा फसेको थियो ।
उता आमा छोरोको फोन कुरेर बसेकी थिइन् । उनलाई छोरा कुसङ्गतमा लागेर बिग्रिएको थाह थिएन । यसैगरी बर्सौँ बितेर गए । यशोदाको उमेर पनि बुढ्यौलीतिर लाग्यो । उनलाई सहाराको आवश्यकता चाहिने वेला भयो ।
धेरै वर्षपछि बुहारीसहित छोरा फर्किएर आयो । छोरा आएपछि यशोदा एकदमै खुसी भइन् । तर उनको खुसी धेरै समय टिकेन । छोराले एक दिन भन्यो, ‘आमा, तपाईं एक्लै बसेको मान्छे । बुहारीसँग बस्न गाह्रो होला । हामी अन्तै बस्छौँ । तपाईं यहीं बस्नुस् ।’
यशोदाले भनिन्, ‘छोरा, तिमी त्यसो नभन । बल्लबल्ल विदशेबाट आएका छौँ । हामी सासु बुहारी मिलेर बस्छौँ ।’
बुहारीले पनि सँगै बस्न नाकनिक गरी । त्यो कुरा बुझेर यशोदा आपैmँ घर छाडेर जाने भइन् । उनले केही भनिन् । एक दिन छोरा बुहारी घरमा नभएको वेला यशोदा एकसरो कपडा झोलामा हालेर रुँदैरुँदै घरबाट निस्किन् । आमा निस्केपछि छोरा बुहारीलाई बढार्नुृपर्ने कसिँगर हावाले उडाइदिए भैmँ भयो । उनीहरू खुसी भए ।
बुहारीको चाला पहिलेदेखि नै निको थिएन । राजनले विदेशमा कमाएको पैसा उसैले राखेकी थिई । एक दिन उसले राजनलाई भनी, ‘अब म तिमीसँग बस्न सक्दिनँ । मलाई माया गर्ने अर्कै मायालु छ । म उसैसँग जान्छु ।’
श्रीमतीको कुरा सुनेर राजन छाँगाबाट खसेझैँ भयो । उसले मेरो ‘मेरो पैसा खोई ?’ पनि भन्न सकेन ।
कहिले कता कता गर्दै आफन्तकोमा बस्दै आएकी आमाले बुहारीले छोरालाई छाडेर गएको खबर पाइन् । छोराले दुःख पाएको खबरले उनको मन कटक्क खायो । यशोदा पुरानै घरमा आइन् । आमालाई देखेर राजन बेस्सरी रोयो । उसले भन्यो, ‘आमा, मलाई माफ गर्नुहोस् । मैले तपाईंलाई दुःख दिएर ठूलो अपराध गरेँ ।’
यशोदाले भनिन्, ‘छोरा, मलाई तैँले दुःख दिएको हैनस् । समयले दुःख दिएको हो । समयले तलाईं पनि दुःख दियो । अब उही समयले हामीलाई सुख दिन्छ ।’
यशोदाले अर्की केटीसँग छोराको बिहे गराइदिइन् । अहिलेकी बुहारी एकदमै अस
ल छे । ऊ सासु र लोग्नेलाई अत्यन्तै माया गर्छे । अहिले ती विधवा यशोदाको परिवार एकदमै मिलेर बसेको छ । यसपाला बुहारी नातिनी जन्माई । समयले उनीहरू परिवारमा खुसी ल्याइदिएको छ ।