‘मन्थली कोपिला’ बालपत्रिका विमोचन

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

मन्थली । रामेछाप जिल्लाकाे मन्थली नगरपालिकाले २०८० वैशाखदेखि प्रकाशन गरेको बाल मासिक पत्रिका ‘मन्थली कोपिला’ एक समारोहबिच बिहीबार मन्थली नगरपालिकाको सभा हलमा विमोचन भएको छ । सो बाल पत्रिकाको विमोचन मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, मन्थली नगरपालिकाका प्रशासन महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकी र मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक डा.टंकप्रसाद दहालले संयुक्तरूपमा गर्नु भएको थियो ।
मन्थली नगरपालिका प्रकाशक रहेको सो पत्रिकाको सम्पादकमा कथाकार माधव सयपत्री, प्रधान सम्पादकमा लेखक/शिक्षक पेशल आचार्य तथा व्यवस्थापकमा प्रकाश न्यौपाने रहनु भएको छ । ४० पृष्ठको रङ्गीन कलेबरमा प्रकाशित सो बाल पत्रिकामा मन्थली नगरपालिका भित्र अध्ययन/अध्यापन गर्ने विद्यार्थी तथा शिक्षकका रचनाहरू प्रकाशित भएका छन् ।
१५ सयप्रति संख्यामा छापिएको सो बाल पत्रिकाले विद्यालय स्तरका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई बौद्धिक र साहित्यिक खुराक पस्केको छ ।

‘आफूले सो पत्रिका आद्योपान्त पढेको र स्कुले विद्यार्थीहरूका लागि चाहिने सबै ‘सेग्मेन्टहरू’ समेटिएको प्रतिक्रिया एक सन्दर्भमा लिटिल स्टार इङ्लिस स्कुलका सहायक प्रिन्सिपल हस्त लामाले दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *