मदरल्याण्ड स्कुलका वर्षका उत्कृष्ट विद्यार्थी सिद्धार्थसँग गरिएको कुराकानी

Featured अन्तर्वार्ता विचार

यस पटक हामीले मदरल्याण्ड स्कुल (भक्तपुर) का वर्षका उत्कृष्ट विद्यार्थी (स्टुडेण्ट अफ द इयर) हुन सफल सिद्धार्थ थापासँग गरिएको कुराकानी प्रस्तुत गरेका छौँ । उहाँ कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।

१. तपाईँले आफ्नो परिचय कसरी दिनुहुन्छ ?

मेरो नाम सिद्धार्थ थापा हो । म मदरल्याण्ड स्कुलमा कक्षा १० मा पढ्छु । मेरो घर सिपाडोल, भक्तपुरमा छ । म बुबाआमा, बहिनी र हजुरआमासँग बस्छु ।

२. भर्खरैमात्र तपाईँ ‘स्टुडेण्ट अफ द इयर’ को विजेता बन्नुभएको छ । कस्तो अनुभूति भइरहेको छ ?

‘स्टुडेण्ट अफ द इयर’ पाउँदाखेरि मलाई खुसी लाग्यो । अझ अरु बढी केही गर्नुपर्छ भन्ने लाग्यो । धेरै प्रोत्साहन पनि मिल्यो ।

३. ‘स्टुडेण्ट अफ द इयर’ कस्तो विद्यार्थीलाई दिने गरिन्छ ?

शैक्षिक योग्यता, अनुशासनदेखि लिएर अतिरिक्त क्रियाकलापहरु सबैमा एकमुष्ट मूल्याङ्कन गरी उत्कृष्टलाई यो सम्मान दिने गरिन्छ ।

४. तपाईँको पढाइबाहेक अरु रुचि केमा छ ?

मेरो खेलकुदमा रुचि छ ।
५. खेलकुदमा चाहिँ तपाईँ के खेल्नुहुन्छ ?

म ब्याडमिन्टन र फुटबल खेल्छु ।

६. तपाईको स्कुलमा अतिरिक्त क्रियाकलाप हुन्छ कि हुँदैन ?

हुन्छ ।

७. तपाईँले चाहिँ कुनकुन अतिरिक्त क्रियाकलापमा भाग लिनुभएको छ ?

खेलकुद, निबन्ध र वादविवाद आदि अतिरिक्त क्रियाकलापहरुमा भाग लिएको छु ।

८. तपाईँले भविष्यमा के बन्ने लक्ष्य लिनुभएको छ ?

कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य लिएको छु ।

९. तपाईँले घरको केके काममा सघाउनुहुन्छ ?

म भाडा माझ्छु । तरकारी काट्छु र बहिनीलाई पढाइमा सघाउँछु ।

१०. फुर्सदमा के गर्नुहुन्छ ?

सङ्गीत सुन्छु ।

११. परिवारमा तपाईँलाई कसले धेरै माया गर्नुहुन्छ ?

आमाले माया गर्नुहुन्छ ।

१२. तपाईँलाई सबैभन्दा बढी मनपरेको शिक्षक को हुनुहुन्छ ?

राधेश्याम केसी । उहाँले शिक्षणको क्रममा कोर्सभन्दा बाहेकका समसामयिक सन्दर्भहरुलाई पनि जोडेर रोचक गरी पढाउनुहुन्छ ।
प्रस्तुति : ईश्वर थोकर

Leave a Reply

Your email address will not be published. Required fields are marked *