
बहुराष्ट्रिय कम्पनी अमेजनले बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा ३ करोड अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ । अमेजनले बजारमा ल्याएको आवाज सहितको क्यामरा जडित ढोकामा राख्ने घन्टी एलेक्सा र डोरबेलका माध्यमबाट बालबालिकाको गोपनियता उल्लंघन गरेको पुष्टि भएपछि अमेजनलाई जरिवाना तिराइने भएको हो । ढोकामा जडान गरिने एलेक्सा नामक उपकरणमा राखिएको भोइस एसेस्टेन्सका माध्यमबाट गोप्य रुपमा तथ्यांक संकलन गरिएको पाइएको छ । यसले वर्षौंसम्म संवेदनशील तथ्याङ्कहरू राखेको पाइएको पुष्टि भएको छ । फेडरल ट्रेड कमिसनले बुधवार दुई अलग केसहरूमा शुल्क तिराउनु पर्ने पक्षमा मतदान गरेको हो । साथै कम्पनीलाई यसको लोकप्रिय इन्टरनेट(जडित उपकरणबाट सङ्कलन गरिएको निश्चित डाटा मेटाउन बाध्य पार्न सक्नेछ ।

यस विषयमा अमेजनले कुनै प्रतिक्रिया दिएको छैन । एलेक्साका विषयमा फेडरल ट्रेडले अमेजनले भ्वाइस सहायता सेवाका प्रयोगकर्ताहरूलाई वर्षौंसम्म धोका दिएको जनाएको छ । अभिभावकले जानकारी मेटाउन अनुरोध नगरेसम्म यसले बालबालिकाको रेकर्डिङ अनिश्चित कालसम्म राख्दछ । एजेन्सीका अनुसार ती रेकर्डिङहरू मेटाउँदा पनि अमेजनले प्रायः ट्रान्सक्रिप्टहरू राख्ने गरेको पाइएको छ । अमेजनको डोरबेल क्यामेरा युनिट रिङले कर्मचारीहरूलाई ग्राहकहरूको डेटामा अप्रतिबन्धित पहुँच दिएको कसुरमा पनि भुक्तानी गर्नुपर्ने भएको छ ।