३० असार २०८० / नवसर्जक साहित्य चाैतारी नेपालकाे आयाेजनामा १३ ओैँ नवसर्जक मासिक शृङ्खला भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । चाैतारीकी अध्यक्ष प्रसन्ना चाैलागाईकाे अध्यक्षता एवम् अग्रज साहित्यकार नरनाथ लुइँटेलकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतम, सल्लाहकार डिबी बर्ताैला, संस्थापक उपाध्यक्ष कृतिका लाैडारीकाे आतिथ्य रहेकाे थियाे ।
२१० ओैँ भानु जयन्ती विशेष शृङ्खलाकाे रूपमा आयाेजित कार्यक्रममा संस्थाकी उपाध्यक्ष एवम् काेशी प्रदेश संयाेजक पाेना हाङ्मा लाेवाबाट विशेष रचना वाचनसमेत गरिएकाे थियाे । लाेवाविशेष कार्यक्रमका क्रममा उहाँले देशप्रेम, युवा जागरण, समसामयिक राजनीतिक सामाजिक विकृतिबारेका ४ वटा कविता वाचन गर्नुभएकाे थियाे। त्यस्तै चाैतारीकी अध्यक्ष प्रसन्ना चाैलागाई, वरिष्ठ उपाध्यक्ष विभूति अधिकारी, उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयाेजक जाेशिका कँडेल ‘निशा’, महासचिव समर्पण न्याैपाने, केन्द्रीय सदस्यहरू प्रभास घिमिरे, रियाज कार्की, वाग्मती प्रदेश सदस्य निमिषा निराैला, नवसर्जकहरू सुवास उपाध्याय, प्रेरक गाैतम, अनासिया खनाललगायतले रचनावाचन गर्नुभएकाे थियाे ।
नवसर्जकहरूले भानु विशेष तथा अन्य विषयवस्तुमा समेत रचना वाचन गर्नुभएकाे थियाे । चाैतारीका परिकल्पनाकार दीपक गाैतमले चाैतारीकाे स्थापनागर्भका साथै यसका गतिविधि र भावी याेजनाबारे प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि नरनाथ लुइँटेलले नवसर्जककाे अभियान एवम् बालबालिकाकाे रचनास्तर एवम् कार्यक्रम प्रस्तुति शैलीबाट आफू अत्यन्त प्रसन्न भएकाे र आफू पनि याे संस्थासँग सँगै यात्रा गर्न इच्छुक रहेकाे विचार अभिव्यक्त गर्नुभएकाे थियाे ।
चाैतारीका महासचिव समर्पण न्याैपानेले सहजीकरण गर्नुभएकाे उक्त कार्यक्रममा डेढ दर्जन नवसर्जकहरूकाे उपस्थिति रहेकाे थियाे । चाैतारीले हरेक महिनाकाे अन्तिम शनिबार नवसर्जक मासिक शृङ्खलाका साथै समयसमयमा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका भर्चुअल तथा भाैतिक कार्यक्रमका साथै नवसर्जक केन्द्रित विधागत साहित्यिक प्रशिक्षण अभियानसमेत सञ्चालन गर्दै आएकाे छ ।