फिनिक्स स्कुल सानेपामा ‘उज्यालोको रङ’ अन्तरक्रिया

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

ललितपुर, भाद्र १२ गते
किशोर लक्षित उपन्यास ‘उज्यालोको रङ’ माथि फिनिक्स स्कुल सानेपामा लेखकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त स्कुलमा अध्ययनरत कक्षा ८ का विद्यार्थी र लेखक जानुका खतिवडाबिच अन्तरक्रिया भएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले किताबको विषयवस्तु ,पात्र, मनपर्ने अंश, भाषाशैली आदिबारे पठन अनुभव प्रस्तुत गर्नुका साथै आफूहरुले परियोजना कार्यका रुपमा तयार पारेका विभिन्न नमुनाहरु प्रस्तुत गर्नुभएकाे थियाे । लेखक जानुका खतिवडाले विद्यार्थीहरुले राखेका जिज्ञासाको जवाफ दिनुका साथै आफ्नो लेखन अनुभव पनि सुनाउनुभएकाे थियाे ।
विद्यालयमा कक्षा ८ मा एक सेमेष्टरको नेपाली भाषा साहित्यको अतिरिक्त पाठ्यक्रमका रुपमा ‘उज्यालोको रङ’ उपन्यासमा काम भइरहेको फिनिक्स स्कुलले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *