https://youtu.be/VPiP885KLGw?si=pGFgHq7rhVHk47UF
यस पटक हामीले लेखक गोपाल पराजुलीसँग सरिता अर्यालको गर्नुभएको कुराकानी प्रस्तुत गरेका छौँ । नेपाली बालसाहित्यमा जीवनी विधामा कलम चलाउने अग्रज लेखक पराजुलीले दुई सयभन्दा बढी व्यक्तित्वहरुको जीवनी लेख्नुभएको छ । उहाँ जीवनी लेखनमा एक जना सुपरिचित लेखक हुनुहुन्छ ।
गत भाद्र १, २०८० मा उहाँले पन्त स्मृति प्रतिष्ठानबाट प्रदान गरिने ‘सुशीला पन्त स्मृति बालसाहित्य लेखक पुरस्कार’ प्राप्त गर्न सफल हुनुभएको छ । यस अवसरमा केटाकेटी अनलाइन बालपत्रिका परिवार उहाँलाई हार्दिक बधाई दिँदै उहाँको उज्ज्वल सिर्जनशील भविष्यको कामना गर्दछ ।