“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने राष्ट्रिय नाराका सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० विभिन्न कार्यक्रम आयोजना गरी भदौ २९ गते मनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री सुरेन्द्र राज आचार्यज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका मा. सभापति, श्री किरण कुमार साह विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
त्यसैगरी राष्ट्रिय महिला आयोगका मा. अध्यक्ष श्री कमला पराजुली, आदीवासी जनजाती आयोगका मा. अध्यक्ष रामबहादुर थापा मगर, राष्ट्रिय योजना आयोगका मा. सदस्य, श्री अनिता शाह ढुंगाना, नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रालयका सचिव श्री सुमन राज अर्याल, राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष, श्री बम बहादुर बाँनिया, साविक केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष श्री डिल्ली राम गिरी, एनएसिजीका अध्यक्ष श्री किरण थापा, बालप्रतिनिधि श्री कृष्टिना निरौला, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यहरु, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य-सचिव, श्री इन्द्रादेवी ढकाल, युनिसेफका प्रतिनिधि (Deputy Representative) Ms. Jee Hyun Rah, नेपाल सरकारका सह-सचिव र उपसचिवहरु, नेपाल प्रहरीका अधिकृतहरु, परिषद्का बालअधिकार विशेषज्ञ सदस्यहरु र उपसमिति सदस्यहरु, नागरिक संठनका प्रमुख तथा प्रतिनिधिज्यूहरु, सञ्चारकर्मी लगायत सम्बन्धित सरोकारवाला निकाय तथा संस्था र नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरु एवम् ठुलो संख्यामा बालबालिकाको उपस्थिति रहेको थियो ।
मूल समारोह कार्यक्रम सञ्चालनमा परिषद्का अधिकृत रामबहादुर चन्दले सहजीकरण गर्नुभएकाे थियाे । पहिलो चरणको औपचारिक कार्यक्रम पश्चात मूल समारोह कार्यक्रममा सहभागी भएका बालबालिकाले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम एवम् नाटक, नृत्य, कविता, गजल, धुन आदि प्रस्तुत गरेर राष्ट्रिय बाल दिवस मनाउनुभएकाे थियाे । साभार : NCRC NEPAL